२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

खजुरामा २४ गते महाआरती हुने

सत्यपाटीसत्यपाटी । बाँके । २०८० भदौ २० गते बुधबार

लक्ष्मि नारायण मन्दिर खजुरामा २४ गतेदेखि महाआरती हुने भएको छ । धार्मिक पर्यकटिय क्षेत्रका रुपमा खजुरालाई चिनाउन महाआरती गर्न लागिएको हो ।

लक्ष्मि नारायण मन्दिर व्यवस्थापन समिति र खजुरा क्षेत्र संरक्षण समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी महाआरती र तिज महोत्सवका बारेमा जानकारी दिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षता तथा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीको सह अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महाआरतीसँगै खजुरामा लाग्ने बृहद् तिज महोत्सवलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरेका थिए । महाआरती भाद्र २४ गते हुदैछ भने तिजको कार्यक्रम असोज १ गते हुदैछ ।

प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार