सूचनाको शक्ति - The Power Of Information

        

कार्यालयभित्रै हाकिम र लेखा अधिकृतको अस्लिल रोमान्स !

मन मिल्नेहरूबीच हुने यौन सम्बन्ध र यौनजन्य गतिविधिलाई अनैतिक नै त मानिन्न । तर, पनि नेपाली समाजमा श्रीमान र श्रीमतीबीच बाहेकसँग हुने यौन सम्बन्धलाई राम्रो मानिँदैन । समाजले नराम्रो माने पनि मन मिल्नेहरुबीच यस्ता गतिविधिहरू हुने गरेका छन् । परपुरुष वा परस्त्रीसँगको यौन सम्बन्ध चलेकै छ । बेलाबेला लिक हुने फुटेज र घटनाहरूले ‘यस्ता गतिविधि हुँदै आएको छ’ भन्ने पुष्टि गर्दै आएको छ ।

माया–प्रेम गर्नु, यौनजन्य सम्बन्ध राख्नु मानिसको वैयक्तिक स्वतन्त्रताको कुरा हो । तर, वैयक्तिक स्वतन्त्रता उपयोग गर्ने क्रममा उन्मत्तहरूले होस गुमाउँदा भने बेलाबेला फसाद आइलाग्छ । आजको जमाना प्रविधिको जमाना हो । मानिसका हरेक गतिविधि प्रविधिले फोटो वा भिडियोको रुपमा क्याप्चर गरिरहेको हुन्छ ।

व्यक्ति आफैले पनि रमाइलो पलका दृश्यहरू रेकर्ड गर्ने गर्छन् त कतिको गतिविधि सीसीटीभी क्यामेराजन्य उपकरणमा कैद भएको हुन्छ । यसरी स्वयम् वा स्वचालित क्यामेराहरूमा कैद भएका वा गरिएका भिडियोहरू लिक हुँदा भने फसाद आइलाग्छ । त्यस्तै फसाद आइलागेको छ, इलाम जिल्लाको माइजोगमाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीचको रोमान्स ।

कार्यालयमा जडित सीसीक्यामेरा नै ख्याल नगरी लेखापालकै कार्यकक्षमा रमाइलो गर्दाको पल लिक भएको छ । भिडियो लिक भएपछि दुबैलाई फासाद आइलागेको छ । कार्यालयको सीसीक्यामेरा समेत ख्यालै नगरी लेखा अधिकृत नामुस राई (नाम परिवर्तन)को कार्यकक्ष पुगेर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई रोमान्स गर्छन् ।

रोमान्समा लेखा अधिकृत नामुस पनि खुलेरै साथ दिन्छन् । दुईबीच बारम्बार रोमान्स चल्छ । भाइरल हुने क्रममा रहेको भिडियो हेर्दा काजीमान र नामुसबीच एक पटक मात्र नभइ पटकपटक कार्यालयमै रोमान्स हुने गरेको देखिन्छ । सार्वजनिक भएको भिडियोमा गत जुलाई ७ र अगस्ट ८ तारिकको मिति देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीच भएको रोमान्स गाउँपालिकाभित्र यसअघि नै चर्चा भएको थियो । चर्चा भएसँगै प्रमुख प्रशासकीय अधिकृत काजीमान सरुवा भइसकेका छन् । लेखा अधिकृत नामुस भने सोही कार्यालयमा कार्यरत छिन् । काजीमान र नामुसबीचको कार्यालय रोमान्स भिडियो भने मंगलबार मात्र लिक भएको हो । भिडियो लिक भएसँगै यस घटनाबारे गाउँपालिकाको धारणा माग हुन थालेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १८:१६

लोकप्रिय