सूचनाको शक्ति - The Power Of Information

        

वामदेव गौतमले भने, ‘एकीकृत समाजवादीमा जान सक्छु’

नेता वामदेव गौतमले आफू नेकपा एकीकृत समाजवादीमा जान सक्ने बताएका छन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतमले एकीकृत समजवादी पार्टी जान सक्ने बताएका हुन् । उनले समाजवादीमा नभए एमालेमा जान सक्नेसमेत बताए ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादीमा भने जान नसक्ने बताए । उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन ।’

नेता गौतमले अगाडि थपे, ‘जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्दैनन् ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने समेत बताए ।

नेता गौतमले भने, ‘कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ ।’ राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १८:०८

लोकप्रिय