सूचनाको शक्ति - The Power Of Information

        

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कँदैछ। विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२ः३० बजे स्वदेश फर्किन लागेको हो  । 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थलमा सो टोलीको भव्य स्वागत गरिने छ ।  समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुवैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०७:४६

लोकप्रिय