२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday
मौसम पूर्वानुमान

देशभर आंशिक बदलीको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २० गते बुधबार

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार