सूचनाको शक्ति - The Power Of Information

        

प्रथम खजुरा तिज महोत्सवको सचिवालय उदघाटन

बाँकेको खजुरामा क्रियाशिल आदर्श युवा सञ्जालको आयोजनामा हुन गइरहेको प्रथम खजुरा तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रमको सचिवालय स्थापना गरिएको छ ।

खजुरा एक नम्बर बजारमा तिजको दिनमा आयोजना गरिने महोत्सव सचिवालयको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उदघाटन गरे ।

आदर्श युवा सञ्जालको मुख्य आयोजना र अन्य स्थानिय क्लवहरु न्यु डाँफे स्पोर्टस क्लव, बागमति स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवलाई पालिकाको महत्वपुर्ण सहयोग रहने सचिवालय पछि उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले प्रतिवद्धता व्यक्त गरे ।

तिज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सामुहिक र एकल तिज न्यृत्य प्रतियोगिता मुख्य आर्कषणका रुपमा रहेको सञ्जालका अध्यक्ष तथा महोत्सव संचालन समितिका संयोजक कल्पना तामाङ्ले जानकारी दिइन् ।

सामुहिक तिज न्यृत्य प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कार पाउने छन । त्यस्तै दोश्रो हुने टिमले १५ हजार, तेश्रो हुने टिमले १० हजार र सान्तावना हुने टिमले नगद ५ हजार पाउने सास्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

एकल तिज गित न्यृत्य प्रतियोगिताका विजयिहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सञ्जालका उपाध्यक्ष तथा सास्कृतिक उप समितिका संयोजक दाहालले बताए ।

सञ्जालले तिज महोत्सवमा रमाइलो मात्र नभएर महिला दिदिबहिनीहरुका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने तयारी गरेको सचिव सुवास निरौलाले जानकारी दिए ।

सचिवालयको उदघाटनसंगै तिज महोत्सवको पुर्व तयारी तिव्ररुपमा भईरहेको सचिव निरौलाले उल्लेख गरे । तिज महोत्सवको मुख्य उद्देश्य रमाइलो मात्र नभएर सामाजिक सेवा र युवा विचको एकता रहेको सञ्जालका अध्यक्ष तामाङ्ले बताइन् । महोत्सव लाई सफल बनाउन आर्थिक पाटो अति आवश्यक रहेकोले सबैले सहयोग गर्न समितिले अपिलसमेत गरेको छ ।

सामुहिक पुरस्कारका लागि अमेरिकामा हाल रहने खजुरा गाउँपालिका ४ डि गाउँका समाजसेवी लिल बहादुर थापाले सहयोग पठाउने भएको आर्थिक संकलन उप समितिका संयोजक भरत जैसीले जानकारी दिए । स्वास्थ्य शिविरका लागि पनि अष्ट्रेलियामा बस्नुहुने नेपालीहरुले सहयोग पठाउन लागेको आर्थिक संयोजक जैसीले बताए ।

खजुराको एक नम्बरमा हुने तिज महोत्सवलाई ५ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको उदघाटन समारोहमा नैमति बाजा बजाएर शुरुवात गरिने गरि तयारी भईरहेको सास्कृतिक उपसमितिका संयोजक खगेन्द्र दाहालले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १७:२६

लोकप्रिय