नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले असोज १४ गते पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा मूल्य बढेर आएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसाले मूल्य बढेको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै भोटेकोसीमा आएको बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्ताको हितका लागि हाललाई मूल्य यथावत् राखिएको जनाएको छ ।
Skip to PDF content
प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार
