२०८३ असोज २ , शुक्रबार 19, September 2026, Saturday

बालेनलाई मोदीको फोन, ‘सबैखाले सहायता गर्छौं’

प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन् । मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन् ।

उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें । यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्,’ टेलिफोनमा मोदीले भनेका छन्,

बालेनसँगको संवादपछि मोदीले सम्भव भएका सबै सहायता गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ ।’ मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार