राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन), सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा एउटै मञ्चमा देखिने भएका छन् ।
उनीहरू तीनैजना पहिलोपटक एउटै मञ्चमा देखिन लागेका हुन् । महाधिवेशनका निम्ति लामिछाने शनिबार (असार ६) नै भरतपुर पुगेका थिए । प्रधानमन्त्री बालेन आइतबार (असार ७) चितवन पुगेका हुन् । थापा पनि आजै भरतपुर पुग्दै छन् ।
रास्वपाको महाधिवेशन उद्घाटनसत्रमा कांग्रेसका तर्फबाट यसअघि उपसभापति पुष्पा भुसाल उपस्थित हुने तय थियो । अन्तिम अवस्थामा सभापति थापाले आफू पनि सहभागी हुने निर्णय गरेका हुन् ।
रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष तथा सभापतिलाई निम्ता पठाएको थियो । रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदैछ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।
सत्यपाटी