नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १० हजार ५०० र चाँदीको ३०५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँ रहेको थियो ।
यता, बिहीबार प्रतितोला चार हजार ९४५ रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार ६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार ३०० र चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
सत्यपाटी