२०८३ जेठ १८ , सोमबार 1, June 2026, Monday

‘लालीबजार’को देशव्यापी कमाइ आठ करोड

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १८ गते सोमबार

फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब आठ करोड पुगेको छ । चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी सात करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ग्रस छ ।

फिल्मले आइतबारसम्म आठ करोड एक लाख बढी व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ । यम थापा निर्देशित फिल्म वादी महिलाको कथामा बनेको हो । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायतको मुख्य भूमिका थियो । फिल्म वैशाख २५ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार