२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

ईयूका कूटनीतिज्ञहरुसँग प्रधानमन्त्रीको सामूहिक भेटघाट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १२ गते मंगलबार

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् । उनले सरकार बजेट निर्माणमा जुटिरहेका बेला प्रमुख दातृराष्ट्रका प्रतिनिधिहरूसँँग सामूहिक रुपमा भेटेका हुन् ।

भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा कुरा भएको बताइएको छ । प्रधानमन्त्री बालेन्द्रले यसअघि अमेरिका, ईयू र भारतबाट आएका कूटनीतिज्ञहरूलाई एक्लै भेट्न अस्वीकार गर्दै आएका थिए ।

तस्वीरहरू : प्रधामन्त्रीको सचिवालय

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार