सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउन सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति दिएको छ ।
६० हजार टन युरिया र २० हजार टन डीएपी गरी ८० हजार मेट्रिक टन मल जिटुजीमार्फत खरिद गर्नका लागि कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘भारतसँग जीटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री पोखरेलले भने ।
प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार
सत्यपाटी