२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

किसान भन्छन्, ‘केराको मूल्य बढाएका छैनौँ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ८ गते मंगलबार

किसानले आफूहरूले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् । बजारमा केराको मूल्य आकाशिएको बेला नेपाल केरा उत्पादक महासंघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरूले केराको मूल्य बढाउन काम नगरेको स्पष्टिकरण दिएका हुन् ।

महासंघका अध्यक्ष विष्णहरि पन्तले विचौलियाहरूले केराको मूल्य वृद्धि गरेको भन्दै तत्काल अनुगमन गर्न सरकारसँग माग समेत गरे । उनले बजारमा केराको अभाव भने रहेको स्विकार गरे। तर किसानले भने त्यसको मूल्य नबढाएको महासंघले जनाएको छ ।

महासंघले केराको न्युनतम समर्थन मूल्य निर्धारण गर्न पनि सरकारलाई सचेत गराएको छ । महासंघका अध्यक्ष पन्तले हाल बजारमा केरा माग अनुसार उपलब्ध नभएपनि आगामी साउनबाट सो समस्या नहुने जिकिर गरे ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार