२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २१ गते शनिबार

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ ।’

साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार