२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

बालेनको मन्त्रीपरिषदमा ४० बर्षमुनिका नौं मन्त्री, पाँच महिला

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १३ गते शुक्रबार

बालेन शाह नेतृत्वको सरकारमा १० जना युवा (४० वर्षमुनिका) मन्त्री बनेका छन् । यसअघिका सरकारमा पुराना दलले एक–दुई जना युवालाई मात्रै फाट्टफुट्ट रूपमा युवा मन्त्री बनाउँदै आएका थिए । यसपटक भने १० जना युवा मन्त्री बनेका छन् ।

प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन) आफैँ ३६ वर्षका युवा हुन् । वर्षौँदेखि देखिँदै आएका पुराना अनुहारदेखि वाक्क भएका युवाले देशमा नयाँ अनुहारको नेतृत्व खोजिरहेको बेलामा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८२ सिट जितेको थियो ।

जसमा ५३ जना युवा प्रत्यक्षबाट निर्वाचित भएका थिए । चितवन–३ बाट निर्वाचित ३० वर्षिया सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छिन् । उनले कानुन विषय नै अध्ययन गरेकी थिइन् । त्यस्तै जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङ गृहमन्त्री बन्ने टुंगो लागेको छ । ३८ वर्षिय गुरुङले रवि लामिछाने र बालेन शाहलाई मिलाउनमा पनि ठुलो भूमिका खेलेका थिए ।

उनी गोरखा–२ बाट निर्वाचित सांसद हुन् । यस्तै समानुपातिक तर्फबाट सांसद बनेकी प्रतिभा रावल समान्य प्रशासनमन्त्री बन्ने निश्चित भएको छ । उनी ३२ वर्षीया युवा हुन् । थारु महिला क्लस्टरबाट समानुपातिक तर्फबाट सांसद बनेकि गीता चौधरी कृषिमन्त्री बन्ने भएकी छिन् । ३३ वर्षीया चौधरी अधिवक्ता तथा मानव अधिकारकर्मीको रुपमा वकालत गर्दै आएकी एक सामाजिक अभियान्ता पनि हुन् ।

यस्तै महोत्तरीबाट निर्वाचित दीपक साह श्रममन्त्री हुने भएका छन् । उनी ३४ वर्षिय युवा हुन् । यस्तै काठमाडौँ ३ बाट निर्वाचित भएका सस्मित पोखरेल शिक्षामन्त्री हुने भएका छन् । उनी हालसम्म आएको मन्त्रीहरूको सुची मध्ये सबैभन्दा कम उमेरका हुन् ।

वादी समुदायको प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद बनेकि सीता वादी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बन्ने भएकी छिन् । उनी ३० वर्षिया युवा हुन् । यस्तै ३८ वर्षिया निशा महतो स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री भने सुनिल लम्साल हुने भएका छन् । उनी ३५ वर्षिय युवा हुन् ।

पाँच महिला बने मन्त्री

बालेन शाह (बालेन्द्र) नेतृत्वको नयाँ सरकारमा मन्त्री बन्नेहरूमा पाँच जना महिला रहेका छन् । महिला मन्त्रीहरूको सूचीमा स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहताले पाएकी छन् । त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा प्रतिभा रावल चयन भएकी छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई दिइएको छ भने कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रीमा गीता चौधरी नियुक्त भएकी छन् । यसका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता वादीले सम्हाल्लेकी छन् । सबै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार