२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

प्रधानमन्त्री शपथको पूर्वसन्ध्यामा बालेनको र्‍याप गीत ‘जय महाकाली’ (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १३ गते शुक्रबार

प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् ।

बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्‍याप गीतमा उनकै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ ।

उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ । बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार