नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो ।
बढेको मूल्य बिहीबार बिहान १२ः०१ बजेदेखि लागू भएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य आकासिएपछि निगमले आफू आर्थिक संकटमा फसेको जनाएको छ । पछिल्लो १५ दिनमै पाँच अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार
सत्यपाटी