२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

बालेन भने, ‘बोल्नै दिँदैनन् यार’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चितवनको सभालाई सम्बोधन गरेका छन् । शुक्रबार चितवनमा आयोजित हामी आयौँ परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेका हुन् ।

उनले सभालाई सम्बोधन गर्दा समर्थकले उनको नाम लिएर चर्को हुटिङ गरेका थिए । केहीबेर बालेनको भाषण नै अवरुद्ध भएको थियो । बोल्ने क्रममा हुटिङ बढ्दै गएपछि बोलेन रोकिए र मुस्कुराँदै भिडलाई ‘आइ लभ यू’ भनेका थिए ।

समर्थकको हुटिङ चर्किदै गएपछि बालेनले टाउको कन्याउँदै भने, ‘बोल्नै दिँदैनन् यार’ । केहिबेरमा हुटिङ कम भएपछि पुनः बालेनले आफ्नो भाषणलाई अघि बढाएका थिए ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार