२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

उदयपुर सिमेन्ट उद्योगमा पुगेर बालेनले भने, ‘उद्योगहरु देशको मेरुदण्ड हुन्’

काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योगहरु देशको मेरुदण्ड रहेको बताएका छन् । उदयपुर सिमेन्ट उद्योगको गेटअगाडि उभिएर खिचेको फोटो सेयर गर्दै उनले उद्योगहरुको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरेका छन् ।

‘उद्योगहरुको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने, राष्ट्रिय आय बण्ढाउन सहयोग गर्ने, साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भनेका छन्, ‘उदयपुर सिमेन्टजस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ ।’

उदयपुर सिमेन्ट उद्योगमा क्लिंकर खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक रहेका सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध क्लिंकर खरिदमा हिनामिना गरेको भन्दै केही दिनअघि मात्र विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बालेन्द्र आगामी फागुन २१ मा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दैछन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा चुनावी दौडमा लगेको छ । यो त्यही क्षेत्र हो जहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएका छन् । यसपालि भूपू प्रधानमन्त्री र भावी प्रधानमन्त्रीबीच यो क्षेत्रमा कडा टक्कर हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार