सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’
त्यस्तै उनले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको पनि जानकारी दिए । ‘निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको छौँ,’ उनले भने ।
सत्यपाटी