एमाले अध्यक्ष केपी शर्मा ओली अहिले निकै नै आत्तिएका छन् । उनलाई चुनाव जित्छु भन्ने लागेकै छैन । अझ आफ्नो प्रतिद्वन्द्वी काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहसँग हुँदा झनै आत्तिएका हुन् । बालेन मेचीदेखि महाकाली यात्रा गर्दा जहाँ गए पनि उनको क्रेज बढी छ ।
काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपाको वरिष्ठ नेता भएर बालेन घुमघाममा व्यस्त छन् । भलै केही भाषण गर्दैनन् घण्टी बजाउन भने छाडेका छैनन् । त्यसैले ओली जहाँ गइरहेका छन् सुरक्षा चुनौती खेपिरहेका छन् । अर्कातर्फ उनै नालायक ओलीकै कारण जेन–जी आन्दोलनमा ७६ जनाको अनाहकमा ज्यान गएको छ ।
ओलीले एक रत्ति पनि आफ्नो गल्ती भएको स्वीकारेका छैनन् । उनी जेनजी आन्दोलनका सबैभन्दा ठूलो खलनायक रूपमा उनको प्रचार भइरहेको छ । जेनजी मार्नमा आफ्नो कुनै हात नरहेकोमात्र बताइरहेका छन् । जो सरकारको बागडोर सम्हाल्छ उसमा नैतिकता हुनुपर्छ । ओलीले त्यो नैतिकता गुमाउँदै गएका छन् । उनी प्रधानमन्त्री हुँदा जेनजीले ज्यान गुमाए ।
उनी आफ्नो सुरक्षासमेत गर्न नसकेर सेनाको हेलिकोप्टरमा भागे । अरुको हालत के थियो होला । पदमा हुँदा त ज्यान जोगाउन नसकेर सेनाको हेलिकोप्टरमा भागेका ओलीलाई अहिले विध्वंशका नायकविरुद्ध चुनाव लड्नुपर्दा कम्ता तनाव भएको छैन । यतिबेला उनी गठबन्धनको लागि छलफलमा जुटेका छन् ।
रूख र सूर्यको एकता भए सबै जित्न सकिन्छ भन्ने उनलाई परेको हो । त्यही बलमा उनले १३ महिना सत्ता चलाए । देउवा प्रधानमन्त्री हुने बेलामा जेनजी आन्दोलनले देउवाको आकांक्षामा तुसारापात गराइदियो । जेनजी आन्दोलनपछि सबैभन्दा बढी असर कसैलाई परेको छ भने त्यो ओली र देउवालाई नै हो । यिनीहरूको भ्रष्टाचारको फेहरिस्त ठूलो छ ।
हुनत आन्तरिक रुपमा ओली र गगनबीच पनि छलफल भएको दाबी स्रोतको छ । तर ओली यतिसम्म कमजोर रहेछन् कि बालेनको सामना गर्न उनलाई डर लागिरहेछ । झापाका कयौँ समस्या ज्यूँका त्यूँ रहँदा भ्युटावर बनाएर विकासले फड्को मार्ने दाबी गरेका ओली आफ्नै कार्यकर्तासँग समेत झस्कन थालेको दाबी गरिएको छ ।
सत्यपाटी