२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

संसद् छिर्ने दौडमा स्थानीय तहका १४ जनप्रतिनिधि

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ७ गते बुधबार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्थानीय तहका १५ जना जनप्रतिनिधि आफ्नो पद छाडेर उम्मेदवारी दिएका छन् । कार्यकाल बाँकी छँदै उनीहरू नीति निर्माणको उच्च तहमा पुग्ने आकांक्षा बोकेर चुनावी मैदानमा उत्रिएका हुन् ।

निर्वाचनमा प्रमुखतया ७ जना नगर प्रमुख, १ उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ३ वडाध्यक्षहरू प्रतिस्पर्धामा छन् । तर, महिलाको सहभागिता कमजोर छ, १५ उम्मेदवारमध्ये केवल २ जना महिला छन् ।

सबैभन्दा चर्चा काठमाडौंका मेयर बालेन्द्र शाह र धरान उपमेयर हर्कराज राई, भरतपुरकी मेयर रेणु दाहाल लगायतका स्थानीय नेता छन् । उनीहरू विभिन्न पार्टीबाट उम्मेदवार बनेका छन्, केही स्वतन्त्र पनि छन् ।

स्थानीय सरकारमा कार्यरत जनप्रतिनिधिहरूको केन्द्रिय राजनीतिमा चढाइलाई कतिपयले ‘अवसरवाद’ भनेका छन् । स्थानीय तह विज्ञ कृष्णप्रसाद सापकोटाका अनुसार, यसमा व्यक्तिगत महत्त्वाकांक्षा मात्र नभई राजनीतिक दलको रणनीतिले पनि भूमिका खेलेको छ ।

उनी भन्छन्, ‘कानुनमा कार्यकाल बिचै राजीनामा दिएर अर्को निर्वाचनमा उठ्न नपाउने स्पष्ट प्रावधान नभएकाले यस्तो प्रवृत्ति बढेको हो ।’ सापकोटाले सुझाव दिन्छन् कि यसलाई रोक्न निर्वाचन कानूनमा सुधार गरी कार्यकाल पूरा नगर्ने जनप्रतिनिधि अर्को निर्वाचनमा उम्मेदवार नबन्न पाउने व्यवस्था आवश्यक छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार