२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

‘बा’को इलाकामा घण्टी बजाउन तमतयार ‘बा’हरु बालेनसँग बातचितमा

सत्यपाटीसत्यपाटी । झापा । २०८२ माघ ७ गते बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापामा मतदातासँग अन्तरक्रिया सुरु गरेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गरेसँगै शाहले झापा–५ का उम्मेदवारहरुसँग अन्तरक्रिया सुरु गरेका हुन् । झापा–५ स्थित बालेनको सम्पर्क कार्यालयमा बुधबार बिहानैदेखि मतदाताहरुको भीड लागेको छ ।

बालेनसँग दोहोरो संवाद र छलफलसँगै बालेनलाई हेर्नकै लागि भन्दै सामाजसेवी, बुद्धिजिवी, विद्यार्थीहरुको भीड लागेको छ । युवा पुस्तासँगै बालेनसँग छलफल गर्न ‘बा’ पुस्ताहरुको पनि उस्तै भीड लागेको छ । छलफलका क्रममा ‘बा’हरुले झापा–५ मा घण्टी बजाउन तयार रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार