२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

अपराह्नसम्म एक हजार १९१ जनाको उम्मेदवारी दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

प्रतिनिधिसभा सदस्यका लागि आज मंगलबार अपराह्नसम्म एक हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । देशका सबै क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

अपराह्न ३ बजेसम्म १६४ क्षेत्रमा एक हजार १९१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार