निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म १६५ निर्वाचन क्षेत्रमा ८६१ जनाले मनोनयन दर्ता गराएका छन् । सहायक प्रवक्ता कुलबहादुर जिसीले भने, ‘देशैभर मनोनयन दर्ता जारी रहेको छ ।’
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर उम्मेदवारी दर्ता हुँदैछ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ । उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ ।
देशभर एक करोड ८९ लाख ३५ हजार ६८९ मतदाता छन् । १६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
सत्यपाटी