२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

शेखरले छाडे देउवाको साथ, गोप्य स्थानमा शेखर पक्षको भेला

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ३ गते शनिबार

नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगने निर्णय नगर्दासम्म देउवाको साथमा उभिएका नेता शेखर कोइरालाले देउवालाई दिइरहेको बलियो साथ फितलो बन्न थालेको छ । देउवा पक्षले आज आफू पक्षके केन्द्रीय समिति बैठक राखेका बेला शेखर भने आफ्नो समूहको छुट्टै भेलामा छन् ।

शेखर पक्षको छुट्टै भेला चलिरहेको स्रोतले बतायो । भेला भइरहेको ठाउँ भने गोप्य राखिएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले सडक आन्दोलन गर्ने र अदालत गुहार्ने घोषणा गरिसकेको छ ।

स्रोतका अनुसार शेखर पक्ष भने आन्दोलनमा उत्रिने मुडमा छैन । आयोगले मान्यता दिएको कार्यसमितिलाई नै आधिकारिक मानेर बस्ने विषयमा लचक हुन सकिने विषयमा शेखर कोइराला पक्षले छलफल गर्न लागेको हुन सक्ने स्रोतले बतायो । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिले पनि आजै बानेश्वरमा केन्द्रीय समिति बैठक राखेको छ ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार