२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

आगामी सोमबारबाट बर्दियामा चरा गणना

बर्दियामा सोमबारबाट चरा गणना गरिने भएको छ । बढैयाताल, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा चरा गणना गरिने भएको छ ।

शनिबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामको अध्यक्षतामा बसेको बैठकले जिल्लामा चरा गणना गरिने निर्णय भएको संरक्षण अधिकृत एंव सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।

गणनाका लागि ३० जना संरक्षणकर्मी खटिने भएको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, होटल गाईड एसोशिएसन, नेचर गाइड लगायत बर्दिया निकुञ्जको सहयोगमा दुई दिनसम्म चरा गणना गरिनेछ ।

गत वर्ष बर्दियामा विभिन्न प्रजातिका ५३५ चरा गणना भएको नेपाल पन्छी विज्ञ संघका अध्यक्ष एंव जल पन्छी गणनाका बाँके, बर्दिया संयोजक रामबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार