एउटा इन्स्योरेन्स कम्पनीको बदमासीले यतिबेला नेपालका बीमा कम्पनीहरुको व्यवसायमै गम्भिर असर पारेको छ । समग्र बीमा बजारप्रति अविश्वास पैदा गराएको छ । स्वस्थ हुँदा प्रिमियमको नाममा वर्षौंसम्म ग्राहकबाट पैसा उठाउने र त्यही ग्राहकलाई क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता घातक रोग लागेर जीवनकै कठिन परिस्थितिमा पुग्दा विभिन्न बहाना देखाएर बीमा रकम दिन आनाकानी गर्ने । यो केवल एउटा ग्राहकको समस्या मात्र होइन, समग्र बीमा क्षेत्रप्रतिको जनविश्वाससँग जोडिएको विषय हो ।
घातक रोग लागेर गम्भिर अवस्थामा पुगेको बिरामीलाई समयमै रितपूर्वक गरिएको बीमाको दाबी रकम सहजरुपमा उपलब्ध गराउनु बीमा कम्पनीको धर्म हो । उल्टै बीमाको रकम दिन आनाकानी गर्ने, घातक रोगको बिरामीलाई मुद्दा मामिलामा जान बाध्य पार्ने काम गरिन्छ भने त्यस्तो बीमा कम्पनीसँग बीमितहरुले कसरी कारोबार गर्ने ? बीमा नीतिअनुसार १५ लाख रुपैयाँ पाउनुपर्ने मुटुरोगीले यसैका लागि उल्टै २० लाख खर्च गर्नुपर्ने परिस्थिति खडा गर्ने जुनसुकै बीमा कम्पनी कारबाहीको भागिदार हुनुपर्ने हो । तर, उल्टै यस्तो खराब कम्पनीले राज्यबाटै आश्रय पाएजस्तो व्यवहार देखाइरहेको छ ।
अब लागौं घटनाको वास्तविकतातर्फ । सरकारले सबै प्रकारका बीमा पोलिसिलाई जनतामाझ पुर्याउने प्रयास गरिरहेका बेला आफूलाई अग्रणी बीमा कम्पनीको रुपमा दाबी गर्ने नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको बदमासी प्रकरणले यतिबेला बीमा बजारलाई नै तताएको छ । कम्पनीका सञ्चालकहरुको मनोमानीका कारण लाखौँ बीमीतको भविश्य जोखिममा पर्ने सक्ने चर्चा चलिरहेका बेला अर्को पुरानो घटाना बाहिर आएको हो र यसले बीमा बजारमा कारोबार गरिरहेका अन्य कम्पनीहरुलाई पनि सोच्न बाध्य बनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी गरिएको बीमा रकम नदिएर झुलाइरहेका बीमीतमध्ये एक हुन स्याङजाका इन्द्रबहादुर रिजाल । सदावाहार मिडिया प्रालिबाट सञ्चालिन नेपालबहस डटकमका प्रधानसम्पादक रहेका रिजाल नेपाली कांग्रेसका नेतासमेत हुन् । यसरी सामाजिक उत्तरदायित्व र जिम्मेवारी निर्वाह गरिरहेका रिजाल जस्ता व्यक्तिलाई त यो कम्पनीले रितपूर्वक दिनुपर्ने दाबी रकम नदिएर झुल्याइरहेको छ भने अन्य कति सर्वसाधारण यो कम्पनीबाट ठगिएका होलान भन्ने अनुमान गर्न पनि कठिन हुन्छ ।
न्यायिक र अर्धन्यायिक निकायबाट बीमितले रकम पाउनुपर्ने फैसला गर्दा पनि ५ वर्षसम्म नपाएका रिजालको घटनाले नेपाल लाइफ इन्स्योरेन्समाथि गम्भीर प्रश्न उठाएको छ । बीमा प्राधिकरण र उच्च अदालत पाटनबाटसमेत बीमा रकम भुक्तानी गर्नुपर्ने निर्णय भइसकेको अवस्थामा पीडितले रकम नपाएको यो अवस्था पक्कै पनि गम्भीर विषय हो । प्राप्त विवरणअनुसार रिजालले १५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए । पछि घातक रोगको सुविधा थपेका थिए । उनलाई हृदयाघात भएपछि नेपाल लाइफले दाबी भुक्तानी अस्वीकार गरेको विषयले अहिले समग्र बीमा बजारलाई सोच्न बाध्य बनाएको छ ।
नेपाल बीमा प्राधिकरणले २०८१ पुस ४ मा रकम भुक्तानी गर्न आदेश दिएको र उच्च अदालत पाटनले २०८२ चैत १० मा उक्त निर्णय सदर गरेको भएपनि उनले अझै रकम पाएका छैनन् । २०७२/०३/२२ गते नीतिपूर्वक यस बीमा कम्पनीमा बीमा गरेका उनले २०७७/०५/०७ मा घातक रोगको पुरक बीमासमेत गराएका थिए । उनलाई २०७८ पुस ३० गते अचानक हृदयघात भयो । उनले शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा उपचार गराए । यो स्वभाविक थियो ।
यसपछि घातक रोग बीमा दावीको समयअवधि भित्रै बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा निवेदन पेश गरेको थिए । तर, उनले अहिलेसम्म आफूले पाउनुपर्ने दाबी बीमा रकम पाएका छैनन् । आफूले नियमसंगत पाउनुपर्ने बीमा रकम नेपाल लाइफले नदिएपछि उनले न्यायपालिका र नियामक निकाय दुबै गुहारे । अदालत र नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमीतको दाबी सहि भएको र उनले दाबी गरेको रकम सम्बन्धित कम्पनी नेपाल लाइफले दिनुपर्ने ठहर गर्यो । तर, यसलाई लत्याउँदै नेपाल लाइफले दाबी रकम नदिन विभिन्न बहानाबाजी गरिरहेको छ ।
नेपालको बीमा कानुन अनुसार घातक रोग लागेका बीमितलाई त्यस्तो रोग प्रमाणित भए लगत्तै दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ । अर्धन्यायिक निकाय बीमा प्राधिकरण र उच्च अदालत पाटनले दावी भुक्तानी तिर्नुपर्ने फैसलालाई समेत यो कम्पनीले कार्यान्वयन नगरी बीमितलाई झुल्याइरहेको छ । यो प्रकरणमा नेपाल लाइफले एक पटक नभइ पटक पटक बसमासी गरेको देखिन्छ । कम्पनीले घातक रोगको बीमा रकम दिन आलटाल गरेपछि रिजालले नियकम निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी दिएका थिए ।
उक्त उजुरीको अनुसन्धान गरी प्राधिकरणले नेपाल लाइफलाई तत्काल बीमितलाई रकम दिनु भन्ने निर्देशन दियो । उपचार गर्ने अस्पतालले नै पहिलो पटक हृदयघात भएको भन्ने व्यहोराको तथ्य प्रमाणसमेतका आधारमा नियामक बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १५ लाख रुपैयाँ घातक रोग बीमा पोलिसी अन्तर्गत दावी भुक्तानी गर्नुपर्ने भनि मिति २०८१।०९।०४ मा फैसला गरेको छ । तर, यो फैसला कार्यान्वयन नगरी नियामक निकायकै अपमान नेपाल लाइफले गरेको छ ।
यसलाई लत्याउँदै नेपाल लाइफले प्राधिकरणको फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै मिति २०८२ जेठ १३ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको थियो । तर, उच्च अदालत पाटनका न्यायाधीशद्वय गीता प्रसाद तिम्सिना र राजुकुमार खतिवडाको संयुक्त इजलासले मिति २०८२ चैत १० गते सुनुवाइ गर्दै नेपाल बीमा प्राधिकरणकै सुरु फैसलालाई सदर गरि बीमित रिजाललाई दाबी भुक्तानी दिनुपर्ने अन्तिम फैसला सुनायो ।
पछिल्लो समयमा रिजालको निवेदमाथि भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पाटनले उच्च रक्तचाप (हाइपरटेन्सन) र प्राविधिक कारण देखाउँदै बीमितको घातक रोग (क्रिटिकल इलनेस) बापतको बीमा दाबी भुक्तानी अस्वीकार गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्णयलाई गैरकानुनी ठहर गरेको छ ।
न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुकुमार खतिवडाको संयुक्त इजलासले नेपाल बीमा प्राधिकरणको सुरु निर्णयलाई सदर गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यकारी प्रमुख प्रवीण रमण पराजुलीले दायर गरेको पुनरावेदन खारेज गरेको छ । उच्च अदालतको यो फैसलाले बीमित रिजालले घातक रोग बापतको बीमा क्षतिपूर्ति पाउने बाटो थप बलियो भएको छ । उक्त फैसलाको पूर्णपाठ हालै मात्रै अदालतले सार्वजनिक गरेको हो ।
उच्च अदालत पाटनको फैसलाको अंश

पीडकलाई बीमा रकम दिनु भन्ने नेपाल बीमा प्राधिकरणको निर्णय सदर गरेको अदालतले नेपाल लाइफ इन्स्योरेन्सले दिएको निवेदन पनि खारेज गरेको हो । प्राप्त विवरण अनुसार बीमित रिजालले २०७२ साल असार २२ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेका थिए । २०७७ साल असार ३० गते घातक रोग समेतको बीमा सुविधा थप गरी बीमा पोलिसी लगातार नविरण गरेका थिए । उनलाई २०७८ साल पुस ३० गते हृदयघात भई शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएरै उपचार गर्नु पर्यो ।
हृदयघातबाट कोरोनरी एन्जिओप्लाष्टी समेत गरी उपचार पश्चात बालबाल बच्न सफल भए । उपचार सकिएर फर्केपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा दावी गरे । तर, बीमा दावी गरेपछि नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको उचपार गर्नुअघि ललितपुरको अल्का अस्पतालमा चेकजाँच गराई टि. एमलोड एल. नामक औषधी सेवन गर्ने गरेको र बीमा गर्नुपूर्व नै मुटु सम्बन्धी समस्या हुनसक्ने भन्दै विभिन्न बहाना बनएर बीमितलाई ठग्ने सोच राखेको देखिन्छ ।
नेपाल लाइफ इन्स्योरेन्सबाट रिजाल ठगिएको यो मुद्दा यति बेला सर्वोच्च अदालतमा बिचराधीन छ । पीडकलाई दाबी बीमा रकम दिनुको सट्टा नेपाल लाइफले मुद्दा दोहोर्याउन हेराई पाउन सर्वोच्चमा निवेदन दिएको छ । रिजालको पक्षमा दुई तहबाट अन्तिम फैसला भइसकेको छ । पीडित रिजाललाई दाबी बीमा रकम दिनुभनि नियामक निकाय प्राधिकरणले ताकेता गरेपछि २०८३ साउन २७ गते नेपाल लाइफ इन्स्योरेन्सले प्राधिकरणलाई पत्र पठाएँदै २०८२।१२।१० मा भएको फैसलाका वारेमा कम्पनी जानकार रहेको भनेको छ ।
यस्तो छ कम्पनीले प्राधिकरणलाई पठाएको पत्रको अंश

यसरी नेपाल लाईफ कम्पनीले थप बदमासी गर्न थालेपछि रिजालले नेपाल बीमा प्राधिकरणलाई फेरी निवेदन दिएका छन् । उनले औषधीउपचार गरी नियमित औषधी सेवन गरेको पनि साढे चार वर्ष व्यथित भइसकेको जनाइएका छन् । हृदयघात जस्तो गम्भीर बिरामीलाई बीमकले यथाशिघ्र बीमा दावी भुक्तानी गर्ने अन्तर्राष्ट्रिय प्रचलन पनि रहेकोमा मलाई सो बीमा कम्पनीले उच्च अदालत पाटनको आदेश र नियामक निकाय नेपाल बीमा प्राधिकरणको दुई तहको फैसला निर्णय समेत अटेर गरी पुन: झुलाउने मनसायले सर्वोच्च अदालतमा निस्सा निवेदन लिएर जाने सञ्चालक समितिले निर्णय गरेकोप्रति ध्यानाकर्षण गराएका छन् ।
थुप्रै अनियमितता, संस्थागत सुशासनको अभाव र बीमा दावी भुक्तानीमा ढिलासुस्ती गर्दै आएको सो कम्पनीका अधिकांश सञ्चालक र संस्थागत शेयरधनीहरु मारवाडीको कब्जामा रहेको, सबै नियामक निकाय बिकाउ हुन र सबै तिर हाम्रो पहुँच छ भनेर उनीहरुले बीमितलाई दु:ख दिने गरेको तथा अनेक बहाना बनाएर बीमा दावी भुक्तानी रोक्दै आएका रिजालले बताएका छन् । २०८१/१२/११ को पत्र संख्या ५४४ (०८१/८२) च.नं. ४६६३ को पत्र प्राप्त भएको र सोही बमोजिम प्राधिकरणको आदेशको फोटोकपी पनि साथै राखी पेश गर्दै उनले दुवै फैसला (उच्च अदालत पाटन र नेपाल बीमा प्राधिकरण) बमोजिम त्यहाँबाट सञ्चालक समितिका अध्यक्ष तथा सीईओलाई झिकाई मुद्दा दायर गरेको भए फिर्ता लिन लगाई यथाशिघ्र घातक रोग दावी वापतको रकम उपलब्ध गराईदिन माग गरेका छन् ।
रिजालले बीमा प्राधिकरणलाई पठाएको निवेदनको अंश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई तहको फैसलापछि पनि दाबी रकम दिन अनाकानी गर्दै विभिन्न बहाना बनाउन थालेपछि पीडक रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि उजुरी दिएका छन् । उनले उच्च अदालत पाटनमा गरेको पुनरावेदन उपर मिति २०८२–१२–१० मा भएको फैसला र नेपाल बीमा प्राधिकरणले बीमा दावी भुक्तानी दिनु भनी गरेको फैसला पनि निवेदनको साथमा प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारमा निवेदन दिएका छन् ।
यस्तो छ रिजालले प्रधानमन्त्री कार्यालयमा दिएको निवेदन
मिति : २०८३–०३–२६
श्री सम्माननीय प्रधानमन्त्री ज्यू
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
विषय : घातक रोगको बीमा दावी रकम भुक्तानी नपाएको बारे ।
महोदय, उपरोक्त विषयमा बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पुनरावेदक (प्रतिवादी) तथा बीमित म निवेदक इन्द्रबहादुर रिजाल प्रत्यर्थी (वादी) भई उच्च अदालत पाटनको मुद्दा नं. ०८१–म्ए–३२४१ र निर्णय नं.२८१ को फैसलाको पूर्णपाठ राखी यो निवेदन पेश गरेको छु ।
घातक रोग बीमा दावी सम्बन्धी नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८१–०९–०४ मा मेरो पक्षमा फैसला गरी घातक रोग बीमा दावी भुक्तानी दिनु भनी आदेश गरेकोमा सो उपर चित्त नबुझाई बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मिति २०८२–०२–१३ मा उच्च अदालत पाटनमा गरेको पुनरावेदन उपर मिति २०८२–१२–१० मा माननीय न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र राजुकुमार खतिवडाको संयुक्त इजलासले पनि शुरु फैसला (नेपाल बीमा प्राधिकरणले बीमा दावी भुक्तानी दिनु भनी मेरो पक्षमा गरेको फैसला) नै सदर गरि मलाई घातक रोग बीमा दावीको रकम भुक्तानी दिने आदेशसहितको पूर्णपाठ समेत दिईसकेको छ ।
सो फैसलाको पूर्णपाठको सक्कल कपी मैले मिति २०८३–०२–०४ मा बुझिलिई सोको एक कपी साथमा राखी बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मिति २०८३–०२–१८ गते निवेदन पेश गरेको थिए । अत: म बिरामी भई अस्पतालमा औषधीउपचार गरी नियमित औषधी सेवन गरेको पनि साढे चार वर्ष व्यथित भइसकेको छ । हृदयघात जस्तो गम्भीर बिरामीलाई बीमकले यथाशिघ्र बीमा दावी भुक्तानी गर्ने अन्तर्राष्ट्रिय प्रचलन पनि रहेकोमा मलाई सो बीमा कम्पनीले उच्च अदालत पाटनको आदेश र नियामक निकाय नेपाल बीमा प्राधिकरणको दुई तहको फैसला निर्णय समेत अटेर गरी पुन: झुलाउने मनसायले सर्वोच्च अदालतमा निस्सा निवेदन लिएर जाने सञ्चालक समितिले निर्णय गरेको भन्दै झुलाउन खोजेको छ ।
जबकी उच्च अदालतले बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई पुनरावेदनका लागि ३५ दिने समय पनि दिएको छैन् । यो त पीडित मलाई झुलाउने र थप पीडा, दु:ख र हैरानी दिने मनसायले मारबाडीहरुको स्वामित्व रहेको सो कम्पनीले दु:ख दिने नियत राखेको प्रष्ट हुन्छ । मेरो सँगै लगाउमा रही फैसला भएको एक जना चितवनका पीडित बीमित दिननाथ ढुङगाना त झन लामो समयदेखि कोमामा उपचाररत छन् । बीमा दावी भुक्तानीमा सो कम्पनी निकै सुस्त गतिमा रहेको उसले सार्वजनिक गर्ने वित्तीय विवरण हेर्दा पनि प्रष्ट हुन्छ ।
थुप्रै अनियमितता, संस्थागत सुशासनको अभाव र बीमा दावी भुक्तानीमा ढिलासुस्ती गर्दै आएको सो कम्पनीका अधिकांश सञ्चालक र संस्थागत शेयरधनीहरु मारवाडीको कब्जामा रहेको छ । सबै नियामक निकाय बिकाउ हुन र सबै तिर हाम्रो पहुँच छ भनेर उनीहरुले बीमितलाई दु:ख दिने गरेका छन् । अनेक बहाना बनाएर बीमा दावी भुक्तानी रोक्दै आएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कमजोरीका कारण पनि यो बीमा कम्पनीले लाखों सेवाग्राहीहरुलाई हैरानी र दु:ख दिने गरेको छ ।
पुनश्च: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा लेख नम्बर १०८००८३०२ बाट बीमाङक रु. १५,००,०००/– (अक्षेरुपी पन्ध्र लाख रुपैयाँ) को जीवन साहारा बीमा (सुरक्षित जीवन बीमा) बीमा मिति २०७२–०३–२२ (सन् २०१५ जुलाई ७) मा बीमाङक गरेको र नियमित बीमा शुल्क पनि भुक्तानी गर्दै आएको तथा सो बीमा लेख अन्तरगत मैले मिति २०७७–०५–०७ मा लिएको घातक रोगको पुरक करार बीमा लेख नं.१०८०१३८५७ अन्तर्गत १५,००,०००/– (पन्ध्र लाख रुपैयाँ मात्र) बराबरको पुरक करारको बीमाङक सुविधा थप गरेको थिए । मिति २०७८ पुस ३० गते मलाई अचानक हृदयघात भई शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा उपचार गरी घातक रोग बीमा दावीको समयअवधि भित्रै बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा निवेदन पेश गरेको थिए ।
घातक रोग सुविधावापत मैले पाउनु पर्ने अधिकतम दावी भुक्तानीका लागि मैले बीमक त्यस कम्पनीसँग घातक रोग सुविधा वापतको बीमा रकम दावी गरेकोमा त्यहाँबाट उक्त दावी इन्कार भएपछि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष मिति २०८०/०४/२५ मा उजुरी/पुनरावेदन निवेदन पेश गरेको थिए । नेपाल बीमा प्राधिकरणमा मिति २०८०/०४/२५ को उजुरी दर्ता नम्बर १३८० माथि नेपाल बीमा प्राधिकरणले मिति २०८१ पौष ०४ गते मेरो पक्षमा फैसला गरि बीमा ऐन, २०७९ को दफा १२८ को उपदफा (३) को खण्ड (घ) बमोजिम बीमक त्यस नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बीमालेखको शर्त बमोजिमको क्षतिपूर्ति रकम म बीमितलाई भूक्तानी गर्नु भनी आदेश भएको मिति २०८१–१२–११ को पत्र संख्या ५४४(०८१/८२) च.नं. ४६६३ को पत्र मलाई प्राप्त भएकोले सोही बमोजिम प्राधिकरणको आदेशको फोटोकपी पनि साथै राखी पेश गरेको छु ।
अत: उक्त दुवै फैसला (उच्च अदालत पाटन र नेपाल बीमा प्राधिकरण) बमोजिम त्यहाँबाट सञ्चालक समितिका अध्यक्ष तथा सीईओलाई झिकाई मुद्दा दायर गरेको भए फिर्ता लिन लगाई यथाशिघ्र घातक रोग दावी वापतको रकम उपलब्ध गराई पाउ । धन्यवाद ।
निवेदक : इन्द्रबहादुर रिजाल
स्थायी ठेगाना : बिरुवा गाँउपालिका ८, स्याङजा ।
हाल : ललितपुर महानगरपालिका वडा नं. १४, ललितपुर ।
फोन नं. ९८५१०५५०१७
