आधुनिक अर्थशास्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका गणितकै रहेको छ । विज्ञनदेखि कम्प्युटरसम्म सबै शास्त्रमा गणित नै आधार स्तम्भको रुपमा रहेका हुन्छ । गणितकै सहायताले अर्थतन्त्रमा नवीनता, उत्पादकत्व र दीर्घकालिन प्रतिस्पर्धात्मकतालाई समेत सहयोग गरिरहेको हुन्छ । प्रविधि र तथ्यांकमा आधारित कार्यलाई केन्द्रिकृत गर्छ ।
गणितमा अब्बल भएका देशहरुले नै आधुनिक समयमा प्रविधिको विकास र नवीनतामा प्रगति गरिरहेका छन् । ओइसीडीको पीआइएसए २०२२ एसिस्मेन्टको तथ्यांकमा आधारित रहेर भिजुअल क्यापिटालिस्टले गणितमा अब्बल रहेको देशहरुको सूची तयार पारेको छ । १५ देखि १६ वर्ष समूहमा गरिएको सर्भेका आधारमा गणितमा राम्रो रहेका देशको सूची तयार पारिएको छ । विभिन्न प्यारामिटरलाई आधार मानेर औषत अंक निकालिएको छ ।
विद्यार्थीहरुले गणितलाई समस्या समाधानमा के कसरी प्रयोग गर्छन भन्ने कुरालाई पीआइएसएले आधार बनाएको छ । यसमा विश्वको शिक्षा प्रणालीलाई समेत तुलना गरिएको उल्लेख छ । यो तथ्यांकमा गणितमा सबैभन्दा अब्बल देश सिंगापुर रहेको छ । भिजुअल क्यापिटालिस्टले पीआईएसएले गरेको सर्भेमा प्राप्त गरेको अंकमध्ये कम्तिमा ४०० बढीमा ६०० अंकलाई आधार मानेको छ । यसमा ओइसीडीको औषत अंक ४७२ रहेको छ ।
यी हुन् धेरै अंक पाउने देश :
१. सिंगापुर – ५७५
२. मकाउ – ५५२
३. ताइवान – ५४७
४. हङकङ – ५४०
५. जापान – ५३६
६. दक्षिण कोरिया – ५२७
७. स्टोनिया – ५१०
८. स्वीजरल्यान्ड – ५०८
९. क्यानडा – ४९७
१०. नेदरल्यान्ड – ४९३
११. आयरल्यान्ड – ४९३ं२
१२. बेल्जियम – ४८९
१३. डेनमार्क – ४८९
१४. बेलायत – ४८९
१५. पोल्यान्ड – ४८९
पूर्वी एसियाले निर्धारण गरेको ग्लोबल बेन्चमार्क
सिंगापुरले विश्व गणित सिकाइमा नयाँ मानक कायम गरेको छ । गणित सिकाइमा सिंगापुरले औषतमा ५७५ अंक ल्याएको छ । यो संसारकै सबैभन्दा पहिलो हो । पूर्वी एसियाली देशहरु गणित सिकाइमा अग्रणी देखिएका छन् । सिंगापुरसँगै दोस्रो स्थानमा मकाउ, ताइवान, हङकङ, जापान र कोरिया सूचीको अग्रणी स्थानमा छन् ।
यी देशहरुले गणित सिकाइमा राम्रो गरिरहेका र त्यहाँ सिकाइ सम्बन्धि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको पाइन्छ । यसले नवीनता र प्रविधि विकासमा महत्वपूर्ण योगदान गरिरहेको र गर्नेछ । गणित सिकाइमा युरोपेली देशहरुमा पनि अब्बल नै देखिएका छन् । युरोपेली देशरुमा औषत स्कोर ५०० वा त्यो भन्दा केही बढी देखिएको छ ।
युरोपलाई स्टोनियाले लिड गरेको छ । त्यस्तै स्वीजरल्यान्ड, नेदरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, डेनमार्क र पोल्यान्डले राम्रो अंक हासिल गरेका छन् । उक्त सूचीमा समग्रमा ४९७ अंक प्राप्त गरेर क्यानडा समग्र सूचीको नवौँ स्थानमा रहेको छ । पूर्वी एसिया र युरोप बाहिरको देशमा राम्रो अंकसहित क्यानडाले आफूलाई अब्बल सावित गरेको छ ।
यता अमेरिकाले भने ओईसीडीको औषतभन्दा कम अंक हासिल गरेको छ । अमेरिकाले गणित सिकाइमा औषतमा ४६५ अंक पाएको छ । यो सूचीमा अफ्रिकी, मध्यपूर्वी तथा ल्याटिन अमेरिकी देशहरुले राम्रो अंक पाउन नसकेर अटाएका छैनन् । यी क्षेत्रहरुमा शैक्षिक पर्फरमेन्स कम देखिएको छ । जसको प्रत्यक्ष प्रभाव गणित सिकाइमा पनि देखिएको छ ।
