२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

नेकपामा सांसद र मन्त्री भइसकेकालाई समानुपातिकमा ‘नो इन्ट्री’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधि सभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।

पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधि सभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ । समानुपातिक तर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार