२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

कुलमान-बालेन भेटले राजनीति तरंगित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १५ गते सोमबार

उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको पछिल्लो भेटघाटले राजनीति तरंगित भएको छ ।

घिसिङ र बालेनबीच आइतबार राति भेटवार्ता भएको हो । भेटघाटबारे मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’

घिसिङ भर्खरै उज्यालो नेपाल पार्टी गठन गरेर प्रत्यक्ष राजनीतिमा होमिएका हुन् । मेयर बालेनकै निवासमा भएको भेटघाटलाई अधिकाशंले भविष्यको राजनीतिक सहकार्यको संकेतका रूपमा लिएका छन् ।

भेटपघि घिसिङले लेखेको स्टाटसले पनि दुई जनाबीच निर्वाचन केन्द्रित राजनीतिक सहकार्य हुन लागेको हो कि विश्लेषण गर्न थालिएको छ । यी दुई जनाको पछिल्लो भेटले वैकल्पिक शक्तिको नयाँ अध्यायका रूपमा समेत हेर्न थालिएको छ ।

बालेनको सचिवालयका अनुसार दुई नेताबीच देशको समसामयिक राजनीति र विकास निर्माणका साझा एजेन्डामा छलफल भएको हो । स्वतन्त्र हैसियतमा राजनीति सुरु गरेका बालेन र भर्खरै दल खोलेर सक्रिय भएका घिसिङको यो सहकार्य चुनावी मोर्चाबन्दी रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार