२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

ईश्वर पोखरेलले एमालेको अध्यक्षमा गरे उम्मेदवारी घोषणा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ९ गते मंगलबार

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । हाल वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलले पार्टी पुनःगठन र रूपान्तरणको एजेण्डालाई अघि सार्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनले ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ विज्ञप्तीमा भनेका छन् । उनले पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मान्दै बढ्नु आजको आवश्यकता भएको समेत बताएका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार