२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

पशुपतिमा शतबीज छर्नेको घुइँचो (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ३ गते बुधबार

बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने र आज बिहानै दिवङ्गत पितृको सम्झनामा शतबीज छर्ने प्रचलन छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आज बिहान झिसमिसेदेखि नै शतबीज छर्नेको घुइँचो छ । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

तस्वीरहरु : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार