२०८२ कात्तिक ३० , आइतबार 16, November 2025, Sunday

कुहिरोले ढाकेको टौदह क्षेत्र र खोकना (तस्वीर कथा)

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ कात्तिक ३० गते आइतबार

काठमाडौं उपत्यकामा जाडो सुरु भइसकेको छ, तापक्रम घट्दो क्रममा छ । दिनको समयमा पारिलो घाम लाग्ने भए पनि बिहान र साँझको समयमा भने बाक्लो कपडा लगाउनुपर्ने अवस्था छ ।

तापक्रम घटेसँगै बिहानतिर काठमाडौंको टौदह र ललितपुरको खोकनास्थित वाग्मती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ । नदीको सतहमा लाग्ने कुहिरो सूर्योदयसँगै विस्तारै हराएर जाने गर्छ । कुहिरो लागेकै समयमा पनि मानिसहरू मर्निङ वाक गर्ने तथा किसानहरू तरकारी बारीमा काम गरिरहेका भेटिन्छन् ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार