२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

राप्रपा अध्यक्ष लिङ्देनको सम्पति, अमेरिकामा घरदेखि सुन पसलसम्म

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २८ गते शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेपालको राष्ट्रिय पार्टीहरु मध्ये सबैभन्दा युवा नेताजस्तो देखिन्छन् । लिङ्देनले नेपालमा नयाँ नारा दिए ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो’ ।

तर लिङ्देनको नारा र ब्यबहारमा कति मेल खान्छ भन्ने कुरा लिङ्देनको आर्थिक हैसियत हेरेर थाहा हुन्छ । सामन्यतयः झापामा बसेका मानिसको ब्यबसाय सुपारी र अलैची हुने गर्छ । लिङ्देन पनि यसबाट अछुतो छैनन् ।

यिनका दुइ छोरा र एक छोरी छन् । एक छोरी अमेरिकमा बस्छिन् । उनले छोरीका लागि अमेरिकामा घर बनाइदिएको उनका सहकर्मीहरु बताउँछन् । उनले ललितपुरको लामाटारमा घर बनाएका छन् । सो घर कुन श्रोतबाट बन्यो भन्नेमा समेत अनेक प्रश्न उठेको छ ।

उनको झापाको विर्तामोडमा सुन पसल रहेको छ । त्यो पसल कसरी स्थापित भयो भन्नेमा समेत प्रश्न उठेको छ । त्यस्तै लिङदेनको काठमाडौंको बालुवाटारमा डाइनिङरुम नामको रेष्ट्रेन्ट रहेको बताइएको छ । स्रोतका अनुसार उनी दुई हाइड्रो पावरमा लगानी गर्न तयार रहेका छन् ।

स्रोत : जनबल
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार