नेपालको एक मात्र ठूलो र गहिरो ताल रारा ताल (महेन्द्र ताल) घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ । पर्यटकको संख्यामा वृद्धि भएपछि छायाँनाथ रारा नगरपालिका–८, सल्लयरी बजारमा पार्किङका लागि राखिएका सवारी साधनहरूको चाप बढेको छ । रारा ताल घुम्न आउने पर्यटकहरू प्रायः सल्लेरी बजारसम्म सवारी साधनमा पुगेर त्यहाँ पार्किङ गरी पैदल वा घोडा सवारीमार्फत रारा तालसम्म पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार
सत्यपाटी