२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को-को छन् सहभागी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १५ गते शनिबार

नेकपा एकीकृत समाजवादीको असन्तुष्ट पक्षले बेग्लै भेला आयोजना गरेको छ । काठमाडौंको सुकेधारामा शनिबारदेखि असन्तुष्ट नेताहरू छलफलमा जुटेका छन् । शुक्रवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले असन्तुष्टि जनाएका थिए । खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् । यसैबीच, आगामी रणनीति तय गर्न आज छलफल भइरहेको हो । भेलामा ८४ जना नेताहरू सहभागी रहेका जनाइएको छ ।

सुकेधारामा जारी छलफलमा नेता खनाल, वरिष्ठ नेता घनानन्द बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल, आरती लामा लगायत पुगेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार