२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

जेनजीले भन्यो, ‘संविधान मान्दैनौँ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ’

राष्ट्रपतिसँग वार्ता गर्न गठित जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरी कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने माग राखेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्यहरूले यो प्रस्ताव अघि सारेका हुन् । वार्ता टोलीका सदस्य प्रवेश दाहालले राष्ट्रपतिसँग छलफल गरी आन्दोलनलाई शान्तिपूर्ण रूपमा टुङ्ग्याउन चाहेको बताए । उनले वर्तमान संविधान आफूहरूले नमान्ने स्पष्ट पारे ।

दाहालले भने, ‘यो संविधान सरकारले खारेज गर्न सक्छ । सरकारसँग अन्तरिम संविधान बनाउने अधिकार छ । आन्दोलनले राजतन्त्र त हटाएको थियो, अब प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनमा कुनै बाधा छैन । यो संविधान अनुसार सरकार बनेको होइन, यो असंवैधानिक रूपमा गठन भएको सरकार हो । त्यसैले अन्तरिम संविधान बनाएर भए पनि प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्छ ।’

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार