२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

‘श्रम संस्कृति पार्टी’ दर्ता गर्न हर्कले दिए निवेदन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज १२ गते आइतबार

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राईले दल दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् । उनले ‘श्रम संस्कृति पार्टी’ नाम रहने गरी दल दर्ताको लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताको लागि निवेदन आएको छ । दल दर्ताको लागि आवश्यक कागजात र प्रक्रिया पूरा भए नभएको बारेमा अध्ययन भइरहेको छ,’ भट्टराईले भने । राईले ७ असोजमा निर्वाचन आयोगनमा दल दर्ताको लागि निवेदन दिएका थिए । निवेदन दिएको ४५ दिनभित्रमा दल दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल नागरिक पार्टी नाम राखेर दल दर्ताको लागि पनि आयोगमा निवेदन परेको छ । निर्वाचन आयोगकाअनुसार, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी संयोजक रहने गरी उक्त राजनीतिक दल दर्ताको लागि आयोगमा निवेदन दर्ता भएको हो । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन आउन थालेको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार