२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ९ गते बिहीबार

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अझै एक हप्ता नेपालमा मनसुन सक्रिय रहने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने लक्ष्य रहेको भन्दै उनले विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रूपमा गरिरहेको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभाग, विश्व मौसम संगठन र कार्डबीच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने कार्यको लागि सहकार्य भएको उनले जानकारी दिए । सोही सहकार्यअनुसार काम गरिरहेको उनको भनाई छ ।

उनले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान, बाढी पूर्वानुमानमा बुझाइमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताए । विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथि प्रश्न उठ्ने गरेको उनले गुनासो गरे ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार