भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ युवाहरूले गरेको विरोध प्रदर्शनमाथि सरकारले बर्बर दमनमा उत्रिँदा घटनास्थलमै १९ जनाको ज्यान गयो । नागरिकप्रति उत्तरदायी बन्न नसकेको सरकारले राजधानी र बाहिर जिल्लाहरूमा गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो । यो संख्या बढेर यतिबेला ७३ पुगेको छ ।
त्यसदिन ‘मैले ६ पटक आदेश गरिसके, यो सातौंपटक भन्दैछु गोली चलाउ छिटो, अब पनि गोली चलेन भने फिल्डको कमाण्डरलाई कारबाही गर्छु,’ भनेर दबाब दिइयो । त्यसदिन फिल्ड कमाण्ड गरिरहेका थिए, परिसर प्रमुख एसएसपी विश्व अधिकारी र उनीमाथि थिए डिआइजी ओम राना ।
भोलीपल्ट २४ मा ’कार्यालय जल्ने अवस्था भए थुनुवाको लिस्ट तयार गरेर छोड्दिनु, संचारसेट र हातहतियार सुरक्षित गरेर निस्कनु’ भन्ने आदेश गर्दै मातहतलाई नरम बनाइयो । यो काम प्रहरी प्रधानकार्यालकै निर्देशनमा भएको थियो । कमाण्डरले नै यस्तो आदेश दिएपछि प्रहरी कर्मचारीले ज्यान जोगाएका थिए ।
विश्वभरीमा आन्दोलनमा धेरै मानिस मर्न नदिने सुरक्षाकर्मीहरुले बल प्रयोग गर्न रुचाएका हुन्नन । २४ गतेको घट्नाक्रममलाई यही रुपमा लिइएको छ । तर प्रहरीभित्र एकले अर्कालाई सक्न आफै कार्यालयबाट भाग्ने कमान्डरमाथि छानबिन गर्नुपर्ने भन्दै केहीलाई मिडियाबाजी गराउन लागिपरेका छन् ।
क–कसको कमजोरीले २३ गतेको नरसंहार भयो ? कसले मातहतलाई हतोत्साही बनाएर आफैँ भाग्दा मुलुकको हालत यस्तो भयो ? कसको कारण प्रहरी कुटिए र मारिए ? कसको कारण हातहतियार बन्दोबस्तीका सामग्री लुटिए ? कसको कारण फिल्डमा खटिएको प्रहरीको मनोबल खस्कियो भन्दै केहीले प्रहरीमाथि नै छानबिनको माग गरेकाा छन् ।
प्रहरी महानीरिक्षक चन्द्रकुवेर खापुङले आइतबार एउटा भिडियो सन्देश जारी गरेर प्रहरीलाई विस्थापित गराउन खोज्ने अपराधी भएको बताएका छन् । उनले प्रहरीलाई यो हालतमा पुर्याउन खोज्नेलाई कारवाही गर्ने तथा मातहत प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिएका छन् ।
सत्यपाटी