२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

कुलमानलाई भदौ ३० को संयोग, नौं बर्षअघि कार्यकारी निर्देशक, अहिले मन्त्री

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई भदौ ३० को अनौठो संयोग मिलेको छ । उनी भदौ ३० मै ९ वर्षअघि प्राधिकरणको कार्यकारी निर्देशक बनेका उनलाई अहिले भदौ ३० मै मन्त्री बन्ने संयोग जुरेको हो ।

जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा उनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका हुन् । उनले आजै शपथ खाएर पदभार ग्रहण गरेका छन् । तत्कालीन सरकारले कुलमानलाई पहिलोपल्ट ०७३ भदौ ३० मा कार्यकारी निर्देशक बनाएको थियो ।

अहिले कार्कीले उनलाई भदौ ३० मै मन्त्री नियुक्त गरेकी हुन् । प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि उनी राहुघाट जलविद्युत् आयोजनाको प्रमुख थिए । प्राधिकरणमा उनले दोस्रो कार्यकाल पनि सम्हाले तर पूरा कार्यकाल बिताउन पाएनन् । ओली सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार