संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा नेपाली जनताप्रति बधाई दिएको छ ।
संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शीता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ ।
उनले यस संक्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल, र जेनजेड युवा नेताहरूले महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पनि गरेकी छन् ।
संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री कार्कीलाई जिम्मेवारी निर्वाहमा सफलता कामना गर्दै नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालका जनताको हितका लागि स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फको यात्रामा संयुक्त राष्ट्रसंघ सधैं सहकार्य गर्न तयार छ ।’
सत्यपाटी