२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

बालेनले भने, ‘हत्याराको राजीनामा आयो, अब संयमित हुनुस्’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् ।

‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो,’ बालेनले भनेका छन्, ‘प्रिय जेनजी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !’ उनले देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति भएको भन्दै तपाईँ हामी अब संयमित हुनु जरुरी रहेको बताएका छन् ।

‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ,’ बालेनले भनेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार