२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

रास्वपाका सांसदहरु सामूहिक राजीनामाको तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिएका हुन् ।

‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जाननकारी दिए । रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन् । हिजोे सभापति रवि लामिछानेले सबै सांसदहरुलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए ।

सभापति लामिछानेको निर्देशन अनुसार संसद सदस्यको हैसियतमा जारी जिम्मेवारी अब निर्वाह नगर्ने स्पष्ट पार्दै राजीनामाको तयारी गरिएको छ । साथै रास्वपाका सांसदहरुले आजदेखि नै जेनजी आन्दोलनमा सक्रियरूपमा सहभागी हुने घोषणा गर्नेछन् । उनीहरुले युवाहरूको आन्दोलनलाई आफ्नो समर्थन रहने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार