राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । शाहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको सदस्य पद तत्काल प्रभावका साथ त्यागेको घोषणा गरेका हुन् ।
उनले संसद सदस्यको हैसियतमा जारी जिम्मेवारी अब निर्वाह नगर्ने स्पष्ट पारेका छन् । साथै शाहले आजदेखि नै जेनजी आन्दोलनमा सक्रिय रूपमा सहभागी हुने घोषणा गरेका छन् । उनले युवाहरूको आन्दोलनलाई आफ्नो समर्थन रहने उल्लेख गरेका छन् ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
