[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज मन्त्रिपरिषद् पुनःगठन भएको हो । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि पन्तले अवसर पाएका हुन् । नयाँ मन्त्रिपरिषद्मा शिक्षामन्त्रीको रुपमा एमालेका रघुजी पन्त थपिएका छन् भने कांग्रेसका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हटाइएका छन् ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । गृहमन्त्री रमेश लेखकमार्फत् राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।
‘मलाई गृहमन्त्रीले फोन गरेर प्रधानमन्त्रीले तपाईंको राजीनामा माग्नुभएको छ भनेर भन्नुभयो, मैले मलाई प्रधानमन्त्रीले बनाएको हो र ? किन राजीनामा दिने ? मलाई पार्टीले मन्त्री बनाएको हो । सभापतिज्यू आएपछि कुरा गर्छु भनेँ,’ उनले भने, ‘अहिले हटाएको भन्ने सुन्छु तर आधिकारिक जानकारीमा छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई बर्खास्त गरेका छन् ।
सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् । ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।
तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए । दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए । उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए ।
तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका छन् । राज्यमन्त्री तामाङले भने, ‘मलाई राजीनामा गर्न गृहमन्त्रीले भन्नु भएको थियो, मैले राजीनामा गर्दिन, किन गर्ने भनेको थिएँ । तर, एकाएक हटाएको २० मिनेट अघि हटाएको जानकारी आयो ।’ उनले राज्यमन्त्री प्रधानमन्त्रीले बनाएको नभई पार्टीले बनाएको बताए । तामाङले प्रधानमन्त्रीले हटाउने र राजीनामा दिनेभन्दा पनि पार्टीले फिर्ता बोलाउनु पर्ने उल्लेख गरे ।
उनले पार्टीको सिफारिसमा राज्यमन्त्री भएकाले प्रधानमन्त्रीले हटाए पनि अदालत जाँदा पनि मुद्दा जित्ने दाबी गरे । प्रधानमन्त्रीले बर्खास्त गर्ने नहुने बताए । उनले भने, ‘बर्खास्त भए पनि चिन्ता छैन । एक पटक मन्त्री भइहाले । अनुभव भयो । नेपालमा सबैभन्दा बढी मत ल्याउने चार नम्बरको सांसद हो । कसैले टिका लगाएर दिएको होइन । जनताको मन जितेर आएको हो । मन्त्री पद आजीवन होइन क्षणिक हो ।’ उनले परराष्ट्र मन्त्री आरजु राणा थाइल्याण्ड जाँदा विमानस्थलमा प्रधानमन्त्री तपाईँसँग रिसाएको एक पटक भेट गर्न आग्रह गरेको बताए ।
तर आफूले प्रधानमन्त्रीसँग भेट नगरेको उल्लेख गरे । तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट रहेका उनलाई ऊर्जामन्त्री दीपक खड्कासँगको द्वन्द्वका कारण हटाइएका देखिन्छ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए भने केही दिनअघि ऊर्जा सचिव सुरेश आचार्यले आफ्नो अपमान गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । यद्यपि दुवै कांग्रेसका हुन् ।
[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं