[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीले नियन्त्रणमा लिएपछि लिङ्देनले भने, ‘अचम्म मानेका छैनौं’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिएका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीसहित राप्रपाका तीन नेतालाई सिंहदरबाट गेटबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउपरेपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले निरंकुश सरकारले यस्तै गर्ने भन्दै आफूले अच्चम नमानेको बताए । उनले भने, ‘निरंकुश सरकारले गर्ने यही काम हो । यसमा हामीले अचम्म मान्नुपर्ने कुरै छैन । हामीले यसलाई अच्चमा मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’

पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए ।

उनीहरूले पर्चासहित प्रदर्शन थालेका थिए । अनि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो । तर, त्यसलाई नसुनेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.

प्रकाशित मिति : ८ बैशाख २०८२, आइतवार १६:१३

लोकप्रिय

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.