नेकपा (एमाले)का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ । कञ्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए ।
उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए । कार्यक्रम सकेर फर्किन लाग्दा भट्टराईविरूद्ध नो केबलकार समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए । पर्यटनमन्त्री पाण्डे हेलिकप्टर नजिक गइसकेका थिए ।
भट्टराईचाहिँ नजिकै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए । उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केबलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए । लगत्तै प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो । भट्टराई शौचालयभित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो ।
केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्याएर काठमाडौं पठाएको थियो । पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद उत्पन्न हुँदा भट्टराईले केबलकार बन्नुपर्ने विषयमा वकालत गर्दै आएका छन् । पाथीभरमा केबलकार बन्न नहुने आन्दोलन गर्दै आएको समूहले उनलाई कोशी प्रदेशमा निषेध गर्ने घोषणा गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं